No icon

अमेरिकासँग कती सुन छ्

धेरै सुन भण्डार भएका १० देश

सुनलाई सुरक्षित सम्पत्ति मानिदै आएको छ । कोरोनाभाइरसको समयमा विश्वभरीका केन्द्रीय बैंकले आफ्नो सुनको भण्डारण बढाइरहेका छन् । सुन खरिदको यो प्रवृत्ती पुरै वर्षभरी देखिदै आएको छ । केन्द्रीय बैंकको संचिति व्यवस्थापनमा सुनको महत्वपूर्ण भूमिका रहदै आएको छ ।
देश किन राख्छन् सुनको भण्डार ?
सबै देशले आफुसँग सुनको भण्डार अर्थात सुनको संचिती राख्ने गरेका छन् । यो भण्डार उक्त देशको केन्द्रीय बैंकमा हुने गर्छ । केन्द्रीय बैंक यो सुनको संचिती कुनै पनि संकटको समयमा देशको वित्तीय सुरक्षाका लागि प्रयोग गर्ने गर्छन् ।
कोरोनाको समयमा सुनको मूल्य अभैm बढ्दै गइरहेको छ । आज हामी तपाईलाई विश्वका कुन देशको सुनको भण्डारण कत्तिको छ भन्ने विषयमा जानकारी गराउदैछौ ।
अमेरिका
सुन संचिती राख्ने मामिलामा अमेरिका पहिलो स्थानमा रहेको छ । पुरै विश्वमा सर्वाधिक सुन राख्ने देशमा अमेरिका रहेको छ । विश्व सुन परिषदका अनुसार अमेरिकामा ८,१३३.५ मेट्रिकटन सुन रहेको छ । यो उसको कुल विदेशी मुद्रा भण्डारको ७९.१ प्रतिशत हो ।
जर्मनी
सुनको संचिती राख्ने मामिलामा जर्मनी दोस्रो स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार वर्मनीको आधिकारिक सुनको संचिती ३,३६३.६ मेट्रिक टन रहेको छ । यो कुल विदेशी मुद्रा भण्डारमा ७५ प्रतिशत हो । युरोपेली देशमा जर्मनीको सुन संचिती सर्वाधिक बढी रहेको छ ।
इटाली
सुन संचितीको मामिलामा इटाली विश्वको तेस्रो स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार इटालीसँग २,४५१.८ मेट्रिक टन सुन रहेको छ । जुन कुल विदेशी मुद्रा भण्डारको ७०.५ प्रतिशत हो । इटाली युरोपेली देशमा जर्मनीपछि दोस्रो बढी सुन भण्डारण गर्ने देश हो ।
फ्रान्स
सुनको संचिती राख्ने मामिलामा फ्रान्स विश्वको चौथो स्थानमा रहेको छ । यो युरोपको तेस्रो बढी सुन राख्ने देश हो । विश्व सुन परिषदका अनुसार फ्रान्ससँग २,४३६ मेट्रिक टन सुन रहेको छ । जुन कुल विदेशी मुद्रा भण्डारको ६५ प्रतिशत हो ।
रुस
क्षेत्रफलको मामिलामा विश्वको सर्वाधिक ठूलो देश रुस सुन संचितीको मामिलामा पाँचौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार रुससँग १०४० मेट्रिक टन सुन छ । जुन विदेशी मुद्रा भण्डारको ६.७ प्रतिशत हो ।
चीन
सुन संचिती राख्ने मामिलामा नेपालको छिमेकी देश चीन छैटौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १९४३.३ मेट्रिक टन सुन रहेको छ । यो परिमाण उसको विदेशी मुद्रा भण्डारको ३.३ प्रतिशत हो ।
स्वीट्जरल्यान्ड
सुन संचिती राख्ने सूचीमा यो मुलुक ७ औं स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार स्वीट्जरल्यान्डसँग १,०४० मेट्रिक टन सुन रहेको छ । यो उसको विदेशी मुद्रा भण्डारणको ६.७ प्रतिशत हो ।
जापान
सुन संचितीको मामिलामा जापान आठौं स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार जापानको आधिकारिक सुनको संचिती ७६५.२ मेट्रिक टन छ । जुन विदेशी मुद्रा भण्डारको ३.१ प्रतिशत हो ।
भारत
भारतसँग हाल ६५३ मेट्रिक टन सुन रहेको छ । यसका साथै विश्वकै बढी सुन भण्डार भएको मुलुकको रुपमा नवौ स्थानमा रहेको छ । यो उसको विदेशी मुद्रा भण्डारको ७.४ प्रतिशत हो ।
नेदरल्यान्ड
नेदरल्यान्ड सुन संचितीको मामिलामा दसौ स्थानम रहेको छ । विश्व सुन परिषदका अनुसार नेदरल्यान्डसँग ६१२.५ मेट्रिक टन सुन रहेको छ । यो उसको कुल विदेशी मुद्रा भण्डारको ७१.५ प्रतिशत हो ।

Comment As:

Comment (0)