himchulikhabar .com
अर्बपतिहरुको सम्पत्ति १०.२ ट्रिलियन डलर नाघ्यो
Wednesday, 07 Oct 2020 18:00 pm
himchulikhabar .com

himchulikhabar .com

अर्बपतिहरुको सम्पत्ति १०.२ ट्रिलियन डलर नाघ्यो
वासिङटन-यूबीएस र पीडब्लूसीले विश्वका सुपर रिचहरुले यो वर्षको कोरोनाभाइरस महामारीको समयमा अत्यन्त राम्रो गरेको खुलासा गरेको छ । उनीहरुको पहिलेकै विशाल सम्पत्तिमा एक तिहाई भन्दा बढीले वृद्धि भएको छ ।
अनुसन्धानका अनुसार उनीहरुको सम्पत्ति सकट चरम विन्दुमा पुगेको समय अप्रिलदेखि जुलाई सम्मको अवधिमा २७.५ प्रतिशतले उकालो लागेको छ । यो कुल १०.२ ट्रिलियन पुगेको छ । अर्बपतिहरु सर्वाधिक विश्वव्यापी धितोपत्र बजारमा भएको सुधारबाट लाभान्वित भएको यूबीएसले जनाएको छ । उनीहरुको सम्पत्ति नयाँ उचाइमा पुगेको छ । यसले यो भन्दा पहिले अर्थात २०१७ को अन्त्यको समयमा पुगेको उचाई ८.९ ट्रिलियनलाई नाघेको छ ।
अर्बपतिहरुको संख्या पनि २०१७ को २१५८ बाट २१८९ पुगेको छ । अर्बपतिहरुले कोभिड संकटको समयमा अत्यन्त राम्रो गरेका छन्् । उनीहरु समस्याको हुरीबाट मात्रै उठेनन् कि उनीहरुले उकालो यात्रा पनि गरेका छन्,” यूबीएको अल्ट्रा हाई नेट वर्थ विभागका प्रमुख जोसेफ स्ट्याडलरले बताएका छन् ।