पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कोरोना विशेष मुख्य खबर
  • 3
    Shares

नेपालगन्ज, बैशाख ६ । जिल्ला कोभिड १९ व्यवस्थापन, बाँकेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर ६३२ जनाको जाँच गर्दा थप ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाँके कोरोना फोकल परसन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर ६३२ जनाको जाँच गर्दा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।। जसमा १०९ जना महिला र १५५ जना परुष रहेका छन् । यसैगरी २ जना महिला र ७ जना पुरुष गरी जम्मा ७ जना डिस्चार्ज भएका छन् । मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला गरी २ जनाको मृत्यु भएको हो जसमा १ जना पुरुष बाँके जिल्लाका रहेका छन् भने १ जना महिला जिल्ला बाहिर की रहेकी बताइएको छ ।
ओलीका अनुसार आज सम्म गरिएको जम्मा ५१३०१ जनामा गरिएको पीसीआर परीक्षणमा ५६७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २११५ जना महिला र ३५६२ जना पुरुष संक्रमित भेटिएका हुन् ।
यसैगरि हाल समम बाँके जिल्लाका आइसोलेशनमा भर्ना रहेकोमा भेरी अस्पताल नेपालगंजमा ३८ जना सिकिस्त ४८ जना सामान्य गरी जम्मा ८६ जना, मेडिकल कजेज कोहलपुरमा ८ जना सिकिस्त १५ जना सामान्य गरी २३ जना, होटल व्हाईट हाउस मनिाकापुरमा सामान्य ७ जना, कोहलपुर नगरपालिका कोभिड अस्पतालमा सामान्य ५ जना तथा होम आइसोलेशनमा ८१२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *