भेरी अस्पतालमा कोरोना संक्रमित उपचाररत महिलाको मृत्यु

कोरोना विशेष मुख्य खबर स्वास्थ्य

नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । वलीका अनुसार चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा सोमबार दिउँसो १:४० बजे मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *