चीन सरकारको अनुदानमा आएको खोप आजदेखि लगाउन सुरु

मुख्य खबर स्वास्थ्य

चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो।

पहिलो चरणमा यो खोप  १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुरुवाती खोप लगाउने समयमा बानेश्वरस्थित सिभिल अस्पतालमा चिनियाँ राजदूत होउ यान्छीसमेत सहभागी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *