नेपालगंज जुत्ता चप्पल व्यवसायी संघको दोस्रो अधिवेशन सम्पन्न

फोटो फीचर मुख्य खबर
  • 10
    Shares
अभिषेक गुप्ता
नेपालगंज जुत्ता चप्पल व्यवसायी संघले आफ्नो दोस्रो र तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार होटेल ग्यालेक्सी दरबारमा सम्पन्न गरेको छ । संघका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना), वरिष्ठ अतिथी सुनिल सिंह हमाल, कानूनी सल्लाहकार विश्वजीत तिवारी लगायत विभिन्न वस्तुगत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको उपस्थिती रहेको थियो । संघले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर समेत विमोचन गरेको छ ।
कार्यक्रमको बन्द सत्रमा  निर्वाचन मण्डलका सदस्य टेक बहादुर खड्का, कुमार रेग्मी, नेपालगंज उद्योग वाणिज्य संघका पढाकारी तथा नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघका अग्रज ब्यक्तित्वहरुको रोहबरमा सर्व सम्मतले निर्वाचन सम्पन्न  भएको घोषणा समेत गरिएको छ ।
संघको नयाँ पदाधिकारीहरुमा अध्यक्ष कमलराज पौडेल, प्रथम उपाध्यक्ष कविराम जैसी, दृतीय उपाध्यक्ष माधव प्रसाद पोख्रोल, महासचिव कुलराज सन्जयाल, उपमहासचिव ईश्ववरी पौडेल, कोषाध्यक्ष सौरभ अग्रवाल तथा सदस्यहरुमा क्रमशः सम्सेर चन्द, आलोक सिंह, दुर्गा शाही, डम्बर धामी, राम प्रसाद ढकाल, सरिता शर्मा र उमा सुनार सर्वसम्मतबाट चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *