नेपाल स्वास्थ्कर्मी तथा कर्मचारी यूनियनले गर्यो होलीको शुभकामना आदान–प्रदान कार्यक्रम

धार्मिक/समाज फोटो फीचर मुख्य खबर
  • 180
    Shares

नेपालगंज । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, नेपालगन्जले होली २०७७ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा गठित रहेको आधिकारिक नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, प्रतिस्ठान स्तरको कमिटी, नेपालगन्जले होली २०७७ को पावन अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।

यूनियनका अध्यक्ष मुनीर खानको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन केन्द्रीय कमिटीका वरिष्ठ महिला उपाध्यक्ष सुमन गिरीले विगत एक वर्ष देखि कर्मचारीहरुले समयमा तलब नपाएको लगायतका विभिन्न समस्याहरु समाधान गर्नका निम्ति यो समय कर्मचारी यूनियनहरु एक आपसमा एकबध्य भएर उभिनु पर्नु समय हो भन्दै होली पर्वको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा मेडिकल कलेज शिक्षण अस्पतालका प्रशासकीय अधिकृत कुमार अधिकारी, बरिष्ठ लेखा अधिकृत जयेश जङ्ग शाह, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन केन्द्रीय कमिटी कोहलपुरका वरिष्ठ उपसभापति मुस्लिम खान, महासचिव रत्ना गिरी, सदस्य एंगिरा रेग्मी, कर्मचारी संगठन विभागीय कमिटी नेपालगंंजका अध्यक्ष अशोक कुमार दीक्षित, कर्मचारी संघका पदाधिकारी पूर्ण सिंह ठकुरी, शहाबुद्दीन खान, एमालेका नगर कमिटी अध्यक्ष कृष्ण बहादुर बुढा, स्वास्थ्यकर्मी प्रदेश महिला सदस्य झरना बुढाथोकी, नेपाल नर्सिङ्ग संघ केन्द्रीय सदस्य कोहीनूर फारुकी, जीफन्ट नगर कमिटी सदस्य धनसरा वली, मेडिकल कलेजका कर्मचारी तथा नेपालगन्ज टाईम्स अनलाईनका सम्पादक के.पी. घिमिरे तथा कलेजका विभिन्न विभागका ईन्चार्जहरुको समेत उपस्थिती रहेको थियो । 

कार्यक्रममा यूनियनका उपाध्यक्ष रईस शाही, महासचिव अनिता अधिकारी, सचिव नूतन सिंह, सहसचिव शारदा, क्षेत्री कोषाध्यक्ष सुमिता कनौजिया, सदस्यहरु रीता बोहरा, सुनिता तिवारी, कविता गिरी लगायतका पदाधिकारीहरुले कार्यक्रमलाई व्यवस्थित बनाएका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी तथा जीफन्ट वरिष्ठ संजाल कमिटीका सदस्य केशव गिरी, कर्मचारी संगठनका वरिष्ठ उपसभापति मुस्लिम खान, महासचिव रत्ना गिरी, कर्मचारी संघका पदाधिकारी पूर्ण सिंह ठकुरी, कलेजका कर्मचारी तथा एमाले नगर कमिटी अध्यक्ष कृष्णा बहादुर बुढा, कर्मचारी के.पी. घिमिरे लगायतका वक्ताहरुले आ–आप्mना मन्तव्य राख्दै कर्मचारीहरुको हकहितका लागि सदैव अग्रपंक्तिमा उभिरहने, विभिन्न समस्याहरुको समाधान गर्दै जाने, व्यवस्थापन पक्षसँग विगतमा सम्झौता भएको विभिन्न बुँदाहरुलाई कार्यन्वयनमा ल्गाउने लगायतका विभिन्न बुंदाहरुमा जोड दिंदै २०७७ होली पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको समापन यूनियनका अध्यक्ष तथा कार्यक्रमका सभापति मुनीर खानले गर्नुृ भएको थियो भने कार्यक्रम सञ्चालन यूनियनकी महासचिव अनिता थापाले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित भईदिनु हुनुका लागि निमन्त्रणा दिएका व्यवस्थापन पक्षको तर्पmबाट कोही व्यक्ति उपस्थित नभएकोमा कर्मचारीहरुले एक आपसमा कानाफुसी समेत गरिरहेका थिए साथै कर्मचारीहरुले आपूmहरुले विगत एक वर्ष देखि एक महिनाको तलब तेस्रो महिनामा पाउँदै आएको र कोभिडको बेला ड्युटी गरेका लाई विभिन्न सेवा सुविधा दिन बाँकी रहेका, एक वर्ष देखिको नाईट ड्युटी गरेको नाईट भत्ता, डिप्mरेन्स सैलेरी लगायतका सेवा सुविधाहरुबाट आपूmहरु बन्चित रहेको बारे कर्मचारी यूनियन समक्ष गुनासो राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *